logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना सङ्क्रमित कर्मचारीले १४ दिन बिदा पाउने


अंकुरण खबर
1.261K
Shares

कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी सरकारले गरेको छ ।

सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार कर्मचारीलाई बिदा दिन लागिएको बताइएको छ ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउने व्यवस्था ऐनमा उल्लेख छ तर, कोरोना सङ्क्रमण भएको वेलालाई उक्त बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यसबारे सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयसँग मन्त्रिपरिषदमा प्रस्ताव कसले पेश गर्ने भन्नेबारे छलफल भईरहेको बताइएको छ ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सङ्क्रमित कर्मचारीको हकमा पनि त्यस्तै निर्णय गर्न लागिएको छ ।