बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचाररत बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचाररत उनको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए ।