पछिल्लो चौबीस घण्टामा विभिन्न नाका प्रयोग गरी दशै मनाएर काठमाडौं फर्कने चार हजार ७१८ वटा सवारीसाधनमा २४ हजार १२५ जना यात्रु उपत्यका भित्रिएका छन् ।
सोही समयमा ४ हजार ४५५ वटा सवारीसाधनमा २० हजार २४७ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य छ ।
यस्तै जोर-बिजोर उल्लंघन गर्ने ७७८ वटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६१७ वटा दुईपाङ्ग्रे र १६१ वटा चारपाङ्ग्रे सवारीसाधन छन् ।