logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा कोरोना संक्रमणका कारण एकै दिन ५ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

विराटनगरमा कोरोना संक्रमणका कारण एकै दिनमा पाँच जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा विराटनगरका तीन अस्पतालमा दुई महिला र तीन पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार विराटनगर अस्पतालमा एक महिला, एक पुरुष, न्युरो अस्पतालको कोभिड अस्पतालमा एक महिला, एक पुरुष र कोसी अस्पताल कोभिड उपचार केन्द्रमा एक जना पुरुषको बिहीबार मृत्यु भएको हो।

सुनसरी धरान उपमहानगरपालिका-१२ की ७५ वर्षीय महिला र सप्तरीको मौली-५ का ६० वर्षीय पुरुषको विराटनगर अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको बस्नेतले बताए।

यस्तै, न्युरो अस्पतालमा दुई जनाको मृत्यु भएको छ। बस्नेतका अनुसार विराटनगर महानगरपालिका-७ की ४५ वर्षीय महिला र विराटनगर-३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसैगरी, कोसी अस्पतालको कोभिड पचार केन्द्रमा झापा कनकाई नगरपालिका-३ का अर्का पुरुषको मृत्यु भएको छ।

बुधबार बेलुका भर्ना भएका ती पुरुषको बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख बस्नेतले जानकारी दिए।