logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारा गोली प्रहार प्रकरण : छानबिनका लागि चार सदस्यीय समिति गठन


अंकुरण खबर
1.183K
Shares

बाराको सुवर्ण गाउँपालिका वडा न.२ कबहीगोठमा भएको झडप बारे छानबिनका लागि स्थानीय प्रशासनले समिति गठन गरेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको निर्देशनमा सुरक्षाअधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद यावदको संयोजकत्वमा बारा प्रहरी, बारा सशस्त्र प्रहरी र अनुसन्धान कार्यालयका गरी चार सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिले एक साता भित्रि घटनामाथि छानबिन गरी प्रतिवेदन पेश गर्ने बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। गत बुधवार राति साढे ८ बजेको समयमा स्थानीयहरु भारतको बिहारबाट आलुको बिउ ल्याउने क्रममा प्रहरीसँग झडप भएको थियो।

रातिको समयमा तस्करीको समान हो भनी नियन्त्रणमा लिन खोज्दा स्थानीयहरू ईलाका प्रहरी कार्यालय कबहीगोठका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरी आक्रामण गरेका थिए। त्यसपछि सुरक्षाकर्मीले आत्मरक्षाको लागि १२ राउन्ड हवाई फायर गरी अवस्थालाई साम्य पारेको थियो।

सो झडपमामा परी इप्रका कबहीगोठका प्रहरी नायाब निरीक्षक कृष्णप्रसाद गिरी, प्रहरी हवल्दार, प्रहरी जवान र एक जना १३ वर्षिय बालक गम्भीर घाइते भएका थिए।

घाइतेको अवस्था अहिले समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।