logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु


अंकुरण खबर
1.794K
Shares

काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ ।

गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

२७ गतेदेखि ज्वरो बढेपछि उपचारका लागि उनी अस्पताल गएका थिए । अस्पतालले ‘होम आइसोलेसन’मा बस्न सुझाव दिएपछि उनी घर फर्किए । होम आइसोलेसनमा बस्दा गाह्रो भएपछि कात्तिक १ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

चौलागाईंलाई निमोनियासमेत भएको थियो । एक हप्ताअघि र बिहीबार गरिएको परीक्षणमा उनको ‘रिपोर्ट नेगेटिभ’ आएको थियो ।

करिब तीन दशकदेखि पत्रकारिता गर्दै आएका चौलागाईं काभ्रेबाट प्रकाशित हुने काभ्रेपोष्ट साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक थिए ।