logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होम आइसोलेशनमा बसेका दुई संक्रमितको मृत्यु


अंकुरण खबर
1.092K
Shares

कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा बसेका पूर्वी नवलपरासीका दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार नवलपरासीपूर्व कावासोती नगरपालिका ६ का ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको हो ।

मृतक दुबैको सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने जनाइएको छ ।