logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवा खेलिरहेको अबस्थामा डडेल्धुरा र कैलालीमा ४० जना प्रहरी नियन्त्रणमा


अंकुरण खबर
884
Shares

डडेल्धुरामा ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका ५ स्थित मनोज सिजापतिको खाली घरमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा शुक्रबार राति १८ हजार ३ सय ८५ नगद सहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ११ जना अमरगढी ५ कै स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएका छ ।

त्यस्तै, कैलालीमा २ लाख ५१ हजार नगदसहित २९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरू जिल्लाको जोशीपुर गाउँपालिका १ स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगतसहित पक्राउ परेका हुन् । पक्राउ परेका अधिकांश स्थानीय रहेको जनाइएको छ ।