logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ? के दुई देशबीचको सम्बन्ध थप सुधार होला ?


अंकुरण खबर
2.288K
Shares

कोरोना भाइरसको महामारीका बीच भारतीय सेना प्रमुख नोभेम्बर ४ देखि ६ सम्म तीन दिन नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल भारत सीमा समस्या लगाएतका अन्य थुप्रै समस्याले दुई देशबीच सम्वन्ध चिसिएको बताइरहेका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई अझ अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकारुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।

यसअघि नै नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण उक्त भ्रमण स्थगित भएको थियो । भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

दुबै मुलुकका सेना प्रमुखलाई एक अर्काको मुलुकको मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन अनुसार नेपालका प्रधानसेनापति थापाले यसअघि नै भारतको मानार्थ सेनाप्रमुखको उपाधि प्राप्त गरिसकेका छन् ।

सेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।