logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा ७२ वर्षिय वृद्धको कोरोना संक्रमणबाट निधन


अंकुरण खबर
780
Shares

झापाको गौरादह नगरपालिका वडा न ४ मिलन चोकका ७२ वर्षिय वृद्धको कोरोना संक्रमणबाट निधन भएको छ ।

होम आइसोलेसनमा बसेका वृद्धको गए राती करिब निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

वृद्धलाई गत कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक वृद्धको शव आज बिहान नेपाली सेनाको शब ब्यवस्थापन टोलीले स्थानीय किस्ने घाटमा लगेर अन्तिम संस्कार गरिएको गौरादह नगरपालिका( ४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिए ।