logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्र प्रहरीका सईको कोरोनाबाट मृत्यु


अंकुरण खबर
2.301K
Shares

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका सईको निधन भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल स्रोतले दिएको जानकारी अनुसार सई नगेन्द्र खड्काको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले प्रेसर र सुगरका बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको जानकारी दिए । दैलेख घर भएका सई खड्का अर्घाखाँची गुल्ममा कार्यरत रहेका थिए ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो ।