नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आज छापवाला सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य शुक्रबारको भन्दा ५०० रूपैयाँले बढी हो ।
यस्तै तेजावी सुन पनि तोलामा ५०० रूपैयाँले घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ११९५ रूपैयाँमा कारोबार भइरहेको छ ।