logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


अंकुरण खबर
897
Shares

सुनसरीको रामधुनी–२ शिवनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलमा सवार स्थानीय २३ वर्षीय जीवन चौधरी छन् ।

को २६ प ५६५१ नम्बरको मोटरसाइकल शनिबार राति साढे ८ बजेतिर को २ त ९८७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।