logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ सय नाघ्यो


अंकुरण खबर
546
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय नाघेको छ।

आइतबार मध्यान्हसम्म थप २५२ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ७ हजार ५६८ पुगेको हो।

प्रदेश सवस्थ्य निर्देशनालयका अनुसार आइतबार कास्कीका मात्रै १५८ जना रहेका छन्। त्यस्तै अन्य थपिएका संक्रमितमा नवलपरासी पूर्वका ३१, तनहुँका २५, बागलुङका ४, पर्वत ३, स्याङ्जा ७, म्याग्दी २, गोरखा ११ र लमजुङ ११ रहेका छन्।

संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट कास्कीमा थप एक जनको मृत्यु भएको छ ।