काठमाडौं उपत्यकामा गत २४ घण्टमा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौं जिल्लाका १३ सय ६२, ललितपुरका १६४ र भक्तपुरका ९६ जना रहेका छन्।
त्यस्तै, आज देशभर २८ सय २४ जना संक्रमित थपिएका छन् भने ३६ सय २० जना निको भइ डिस्चार्ज भएका छन्।