logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको तथ्यांक छानविन गर्न समिति गठन


अंकुरण खबर
728
Shares

कोरोना संक्रमितको तथ्यांक सरकारले लुकाएको विवरण बाहिर आएपछि त्यसवारे छानविन गर्न समिति गठन भएको छ ।

संख्या यकिन गर्नका लागि यसअघि नै तीन सदस्य समिति गठन भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव, इपिडोमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका महाशाखा प्रमुख र कोरोना संकट व्यवस्थापन केन्द्रका एकजना चिकित्सक सदस्य रहेको गौतमले बताए ।

सरकारी तथ्यांकमा मृतकको संख्या ९ सख्या साठी भएपनि वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित भइ होम आइसोलेशनमा रहेकालाई परामर्श, रेखदेख, रेफर गर्ने लगायतका कार्य ७ सय ५३ वटै स्थानीय तहलाई जिम्मा दिइएको छ ।