logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ६८ लाख नाघ्यो


अंकुरण खबर
819
Shares

हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ६८ लाख चार हजार चार सय २३ पुगेको छ ।

संक्रमितमध्ये १२ लाख पाँच हजार सात सय ४४ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख नाघेको छ ।

सोमबार बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३७ लाख ४२ हजार सात सय ३१ पुगेको हो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ ।

संक्रमितमध्ये ६० लाख ९७ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार चार सय ७१ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८२ लाख २९ हजार तीन सय २२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ६ सय ४२ पुगेको

छ ।