स्थानीय

जनतालाई सुविधा दिन कुनै कसर बाकी राख्दिन : प्रदेश सभा सदस्य श्रेष्ठ

काठमाडौं क्षेत्र नं ७ ख का प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी तथा सफाईका क्षेत्रमा जनतालाई सुविधा दिन कुनै कसर बाकी नराख्ने बताएका छन् ।

आइतबार गोलढुङ्गा खानेपानी तथा सफाई उपभोक्ता समितिको दोस्रो साधारण सभामा माननीय श्रेष्ठले सबै नागरिकले स्वच्छ पानी प्रयोग गर्न पाउन भनेर आफ्नै पहलमा प्रदेश सरकारबाट लगभग १ करोड ५० लाख रुपैंया विनियोजन गरेको बताए । त्यस्तै अहिले गोलढुङ्गा र आसपासका क्षेत्रमा एक घर एक धारो निर्माण कार्यक्रमले तिब्रता पाएको, दुई हजार घरमा धारो पु¥याउने लक्ष्य बमोजिम १ हजार घरमा धारो निर्माण भैसकेको श्रेष्ठले बताए ।

आगामी दिनमा पनि तीनै तहका सरकारसंग समन्वय गरेर खानेपानी लगाएत विकास निर्माणका काममा सदैव लागिरहने र त्यसको लागि निर्वाचन क्षेत्रबासीलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।

Comment here