logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
728
Shares

नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

चौरसियाको हत्यामा संलग्न भएको आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई वीरगञ्ज–१६ इनर्वाबाट प्रहरीले पक्राउ गरेको हो । तिवारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा बिन्दवासिनी गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा चौरसियामाथि आक्रमण भएको थियो ।

आक्रमणमा घाइते उनको भोलीपल्ट उपचारको क्रममा मृत्यु भएको थियो । चौरसिया हत्याको आरोपमा पर्सा प्रहरीमा तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आरोपीमध्ये आठ जना अझै फरार छन् ।