अहिले प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज (सोमबार) दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुपश्चिम प्रदेशका एक-दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।
यस्तै आज राती प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक- दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।