स्थानीय

रौतहटमा जुवातास खेलिरहेका ६ जना पक्राउ

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ मा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय हृदय साह कानुको घरमा तास जुवा खेलिरहेका सानू बैठा, प्रकाश यादव रमन साहकानु ,धीरेन्द्र पण्डित, परदेशी कानुलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

सो स्थानमा जुवा तास खेल्ने गरिएको सूचनाको आधारमा प्रहरी चौकी मेवाको टोलीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लगाएको थियो ।

रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले उनीहरुमाथि थप अनुसन्धान भैरहेको जानकारी दिए ।

Comment here