दशैँ मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाडौं उपत्यका फर्किएका छन् ।
कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस काठमाडौं उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिए ।
पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाडौं उपत्यका छोडेका छन् । दशैँको फूलपातीको दिनपछि काठमाडौं फर्कनेहरुको सङ्ख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाडौं उपत्यका छोड्ने मानिसको सङ्ख्या बढी थियो ।
सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाडौं छोडेका थिए । फूलपातीको अघिल्लो दिन कार्तिक ६ गते ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिर गएको पनि उनले बताए ।
यो संख्या गएको वर्षको तुलनामा निक्कै कम हो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालि दशैँमा चहलपहल भएन ।