गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई र उनकी पत्नीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार प्रजिअ भट्टराईसहित गोरखा नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुटि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।
रुघाखोकी लाग्ने र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।
भट्टराईले आफू र आफ्नी पत्नीको सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।