logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालगञ्ज उपमहानगरपालिका वडा सदस्यको कोरोनाबाट मृत्यु


अंकुरण खबर
793
Shares

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य शान्तिदेवी परियारको कोरोनाबाट मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा निरन्तर उपचार गराएकी वडा सदस्य परियारको सोमबार विहान साढे दश बजे मृत्यु भएको जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

शंका लागेपछि कात्तिक ३ गते स्वाव परीक्षण गराएकी ६७ वर्षीया वडा सदस्य परियारलाई भोलीपल्ट कोरोना पुष्टि भएको थियो ।

यसैबीच, नेपाली कांग्रेस, बाँकेकी सभापति किरण कोइरालाले निर्वाचित वडा सदस्य र नेपाली कांग्रेसकी नेतृ परियारको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताएकी छन् ।