नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार) घटेको छ ।
आज नेप्से ३.३३ अंकले घटेर १ हजार ६ सय ३७ दशमलव ६३ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार सोमबार २ अर्ब ४५ करोड ३९ लाख ५४ हजारको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ ।
सोमबार कारोबार रकमको आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको १२ करोड ४० लाख ९७ हजार ७ सय १८ रूपैयाँ बराबरको कारोबार भएको छ ।