पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। योसँगै संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।
आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।