logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा हुस्सु, पश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा


अंकुरण खबर
1.456K
Shares

अहिले काठमाडौं उपत्यकामा हुस्सु लागेको छ । जाडो महिना सुरु हुन थालेकाले अब हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको मौसमविद् मन्जु बीसीले बताए।

यसअघि उपत्यकामा हुस्सु लागेको थिएन । पश्चिमी वायुकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको पनि उनले जानकारी दिए ।

उनका अनुसार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम २६-२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।