logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सांसद केसीको निधन


अंकुरण खबर
832
Shares

प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका आमन्‍त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

केसीको ६३ वर्षको उमेरमा गएराति घरमै निधन भएको परिवारले जनाएको छ । उनमा सुगर र प्रेसर रोगको समस्या थियो ।

राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए ।