logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक स्थगित


अंकुरण खबर
2.275K
Shares

नेपाली कांग्रेस केन्द्रीय शीर्ष नेताको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

कांग्रेस नेता एबं सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । पार्टीभित्रको विवादमा सहमति खोज्न सोमबारदेखि कांग्रेस शीर्ष नेताहरुको बैठक शुरु भएको थियो ।

पहिलो दिनको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति हुन सकेको थिएन ।