logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्य बढ्यो, तोलामा कति पुग्यो ?


अंकुरण खबर
793
Shares

सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । सोमबारको तुलनामा मंगलबार  सुन तोलामा चार सय रुपैयाँले  बढेको हो ।

मंगलबार छापावाला सुन तोलामा ९५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएके छ ।

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँमा  कारोबार भएको छ  ।