logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हुण्डीको एक करोड रुपैयाँसहित काठमाडौंबाट ३ जना पक्राउ


अंकुरण खबर
884
Shares

प्रहरीले काठमाडौंको ओमबहालबाट करोड रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । मोबाइलका पार्ट्सको पसल चलाइरहेका मित्तलद्वय दाजुभाइ हुन् भने पौडेल सहयोगी रहेको प्रहरीको भनाई छ । मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ८ सय अमेरिकी डलर बरामद गरिएको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए ।

बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सीआईबीले आशंका गरेको छ । डीआईजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।