logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण


अंकुरण खबर
4.355K
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीको थानकोट शाखा कार्यालयमा २०७६ असोजमा २ लाखको साबधिक जीवन बीमा गरेकी प्रभा गौतमको २०७७ असार १५ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो । मृतक गौतमले पहिलो बीमाशुल्क बापत २३ हजार ७८ रुपैंया भुक्तानी गरेकोमा उनको मृत्यु पश्चात मृतकका श्रीमान कृष्ण प्रसाद धिताललाई सो रकम प्रदान गरिएको हो । धिताल पनि सोही दुर्घटना परी घाइते भएका छन् ।

हकवाला धिताललाई वनस्थली ढुङ्गेधारामा रहेको घरमै गई कम्पनीमा सहायक प्रदेश प्रमुख राकेश महर्जन र थानकोट शाखाकी प्रमुख सिता खनालले जम्मा रु. ४ लाख ८ हजार हस्तानतरण गरेका हुन् ।

रकम हस्तानतरण पछि शाखा प्रमुख सिता खनालले बीमा बचत मात्र नभएर दुखको बेला आर्थिक पाटो सबल बनाउन दरिलो सारथी भएकाले पनि आफ्नो क्षमता अनुसार जीवन बीमा गर्न सबैलाई आग्रह गरेकी छिन् ।