प्रतिनिधिसभाका सांसद एवं तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।
महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीको सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ ।
विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाइएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित रहेका उनले पोखराको विकासमा पु¥याएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीको कात्तिक १७ गते राति १०:३० बजे ६३ वर्षको उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो ।
उनी रारा चाउचाउ, हाइड्रोलगायत विभिन्न व्यवसायमा सफल थिए ।