logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामान्य अंकले बढ्यो नेप्से


अंकुरण खबर
650
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ ।

आज नेप्से ५.४० अंकले बढेर  १ हजार ६ सय ४३ दशमलव ३ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार मंगलबार २ अर्ब २३ करोड ७९ लाख ६४ हजारको कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये २ वटा समूह बाहेक अन्य सबैमा हरियाली छाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

मंगलबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।