logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

केसीको निधनप्रति कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने


अंकुरण खबर
780
Shares

नेपाली कांग्रेसले सांसद सूर्यबहादुर केसीको निधनप्रति पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति कात्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको पार्टी सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

आजको बैठकमा स्वर्गीय केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको थियो ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीको कात्तिक १७ गते राति १०:३० बजे ६३ वर्षको उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । उनी रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा सफल थिए ।