logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो


अंकुरण खबर
897
Shares

नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ।

गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ६६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ० हजार ९ सय ७ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ हजार २ सय ७७ जना क्वारेन्टाइनमा छन्।