logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १४६८ जना कोरोना संक्रमित


अंकुरण खबर
754
Shares

काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा १२४२ जना भक्तपुरका ६३ जना र ललितपुरमा १६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, मंगलबार नेपालमा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ भने अहिलेसम्म १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारमात्रै ३१४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।