पुण्य गौतम काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ परेका छन् ।
गौतम भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण पक्राउ परेका हुन्।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने गौतमले आफ्नो युट्युबमा नरभानेलाई कालो झण्डा देखाउँछु भनेका थिए।