logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा एकैदिन ९२ हजार बढीमा कोरोना संक्रमण, ११ सय ७६ जनाको मृत्यु


अंकुरण खबर
884
Shares

अमेरिकामा एकैदिन ९२ हजार ८ सय ८१ जनामा संक्रमण देखिएको वल्डोमिटर्सको बिहानको तथ्यांकले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या ९६ लाख ८९ हजार ९ सय ९२ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ११ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार ६ सय १६ पुगेको छ । त्यसैगरी ६२ लाख ३२ हजार ७ सय ९ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३२ लाख १८ हजार ६ सय ६७ जना उपचाररत छन् ।