प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले ट्वीटरमार्फत मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुस्ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।
निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) November 4, 2020