logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा कोरोना संक्रमित ३९ वर्षीय महिलाको मृत्यु


अंकुरण खबर
728
Shares

भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवनको राप्ति नगरपालिका १० मा बस्ने ३९ वर्षीय लिलामाया चेपाङको आज बिहान ६:५० बजेको समयमा मृत्यु भएको हो ।

उनी पत्थरी सम्बन्धीको बिरामी थिइन् । गत १६ गते स्वाव परिक्षणको लागी दिएको र उनको १७ गते पिसिआर रिपोर्ट कोरोना पोजेटीभ आएको थियो । पोजेटीभ आएकै दिनदेखि उनको आइसीयूमा उपचार हुँदै गर्दा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।