गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ ।
सोमबार सामान्य खोकीसहित संकेत देखिएपछि थापामगरको स्वाब संकलन गरिएको थियो । बुधबार बिहान थापा मगरको नतिजा पोजेटिभ आएको मन्त्री मगरका निजी सहायक भरत खनालले जानकारी दिए ।
अहिले मन्त्री थापा मगरको स्वास्थ्य अवस्था सामान्य छ । उनी आफ्नै निजी निवासमा आइसोलेसनमा बसेका छन् ।