logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा कोरोना संक्रमित ९ वर्षीया बालिका र ६१ वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
1.612K
Shares

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका-१ की महिला र इटहरी उपमहानगरपालिका-६ की ९ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

धरानकी ६१ वर्षीय महिलाको उपचारका क्रममा बुधबार बिहान ३ बजेर १५ मिनेटमा कोभिड-१९ अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्या र उच्च रक्तचापबाट पीडित महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरि, इटहरी ६ की ९ वर्षीया बालिकाको उपचारकै क्रममा बुधबार बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो । बालिकामा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवैको शव नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।