नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ प्रति तोलामा ९०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा ९५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो।
त्यस्तै आज तेजाबी सुनको भाउ ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ प्रति तोला १२०५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।