logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा थप २ कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
871
Shares

कोरोना संक्रमणबाट आज (बुधबार) बिहान दुई जनाको मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा इलामकी महिला र झापाका पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार दमको पुरानै समस्या रहेकी इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या रहेको भन्दै वृद्धालाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

झापाको दमक-३ का ६४ वर्षीय संक्रमित वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । मृतक बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् ।

दाहालका अनुसार दमको पुरानै समस्या रहेका पुरुषलाई श्वास फेर्न गाह्रो भएको भन्दै कात्तिक १२ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गर्नुअघि नै वृद्धलाई कोरोना संक्रमण पुष्टि भइसकेको प्रवन्धक दाहालले बताए ।