logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मैले राजीनामा दिनु भनेको देश वर्वादीतर्फ जानु हो : प्रधानमन्त्री ओली


अंकुरण खबर
650
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रहरभन्दा पनि देशको आवश्यकता र जनताको समर्थनका कारण आफू प्रधानमन्त्री निर्वाचित भएको बताएका छन् ।

बुधवार त्रिवि शिक्षण अस्पताल परिसरमा निर्मित एक भवनको उद्घाटन गर्दै ओलीले आफूले राजीनामा गरेर देशलाई वर्वादीतर्फ जान नदिने उल्लेख गरेका हुन् ।

‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई वर्वादीतर्फ जान दिनु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन,’ ओलीले भने ।

पार्टीभित्र आफूलाई घेराबन्दीमा पारिएको समयमा ओलीको यस्तो अभिव्यक्ति आएको हो । पार्टीमा भइरहेको तयारीले केही पनि नहुने उनले बताए ।

म यस ठाउँमा आएको मेरो रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको जालझेल र तिकडमबाट होइन व्यापक जनसमर्थनबाट हो । तपाईंहरू ढुक्क हुनुस्, सरकार यस्तो हुन्छ, कि फेरिन्छ कि, बदलिन्छ कि ? भनेर नसोच्नुस्,’ ओलीले भने ।

धेरैले धेरै प्रकारका कोशिश गरेको भएपनि सरकार बदलिने सम्भावना नरहेको उनले जीकिर गरे ।