logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से २.३९ अंकले घट्दा कारोबार १ अर्ब ७५ करोड


अंकुरण खबर
884
Shares

बुधबार सेयर बजार परिसूचक (नेप्से) २.३९ अंकले घटेको छ।

घटेको बजार १६४०.६४ अंकमा पुगेर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स ०.११ अंकले घटेर ३२६.४९ अंकमा पुगेको छ ।

आज २०२ कम्पनीको ५६ लाख ३१ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार बैंकिङ ३.०४, विकास बैंक ११.४२, फाइनान्स २.८८, निर्जिवन बिमा ८८.६८, उत्पादन ०.११, माइक्रोफाइनान्स ३.६६ र जीवन बिमा समूहको उपसूचक १२.६७ अंकले ओरालो लागेको छ।

व्यापार समूहको उपसूचक २५.३१, होटल ४.६७, जलविद्युत् १.५८, अन्य ५.३९ र म्युचुअल फण्ड ०.०१ अंकले बढेको छ।

आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने शिवश्री जलविद्युत् कम्पनीका लगानीर्ताले सर्वाधिक गुमाएका छन्।