पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज ३६ हजार ९११ जना सक्रिय संक्रमित रहेका छन् । १ हजार ३०५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
आज ३ हजार ८४४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ।