पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा १ लाख ४४ हजार ९ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ २ प्रतिशत रहेको छ ।