नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा रु १ सयले घटेर प्रतितोला ९६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलाको रु ९६ हजार ३ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै विहिबार चाँदीको मुल्य भने तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।